११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिआइबीका एसपी थापा नेतृत्व टिमले अघि बढायो सुन प्रकरणको छानबिन

२२ श्रावण २०८०, सोमबार १०:२७

साउन २२, काठमाडौँ  | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भित्रिएको ठूलो परिमाणको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सिआइबीका एसपी थापा नेतृत्वको सुन प्रकरणको अनुसन्धान अघि बढेको जानकारी दिए।

‘एसपी थापाको नेतृत्वमा अनुसन्धान सुरू भएको छ, आवश्यकताअनुसार जनशक्ति परिचालन गरी अनुसन्धान हुन्छ,’ उनले भने।

आइतबार राजश्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो। विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरण अनुसन्धानको जिम्मा प्रहरीलाई दिने निर्णय लिएको बताएका थिए।


हङकङबाट क्याथे प्यासिफिक एयरवेजबाट 'ब्रेक शु' भित्र लुकाएर ल्याइएको ठूलो परिमाणको सुन गत साउन २ गते बरामद भएको थियो। भन्सार जाँच पास भएर छुटेको करिब १०० किलो सुन राजश्व विभागले बरामद गरेको थियो। यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये एक जनालाई हाजिर जमानीमा छाडेको थियो। 

यो प्रकरणमा राजश्व छलीमात्रै नभएर संगठित अपराध र अन्तदेशीय अपराध भएको भन्दै अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने माग भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको भेटमा यसको अनुसन्धानको जिम्मा सिआइबीलाई दिने छलफल भएको थियो। छलफलपछि प्रधानमन्त्री प्रचण्डले अनुसन्धानको जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए। 

निर्देशनसँगै अनुसन्धानको मिसिल र पक्राउ परेका अभियुक्तहरूलाई प्रहरी प्रधान कार्यालय नक्सालमा बुझाइएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले यसको अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिएको हो। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा