२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिआइबीका एसपी थापा नेतृत्व टिमले अघि बढायो सुन प्रकरणको छानबिन

२०८०, २२ श्रावण सोमबार १०:२७

साउन २२, काठमाडौँ  | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भित्रिएको ठूलो परिमाणको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सिआइबीका एसपी थापा नेतृत्वको सुन प्रकरणको अनुसन्धान अघि बढेको जानकारी दिए।

‘एसपी थापाको नेतृत्वमा अनुसन्धान सुरू भएको छ, आवश्यकताअनुसार जनशक्ति परिचालन गरी अनुसन्धान हुन्छ,’ उनले भने।

आइतबार राजश्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो। विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरण अनुसन्धानको जिम्मा प्रहरीलाई दिने निर्णय लिएको बताएका थिए।


हङकङबाट क्याथे प्यासिफिक एयरवेजबाट 'ब्रेक शु' भित्र लुकाएर ल्याइएको ठूलो परिमाणको सुन गत साउन २ गते बरामद भएको थियो। भन्सार जाँच पास भएर छुटेको करिब १०० किलो सुन राजश्व विभागले बरामद गरेको थियो। यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये एक जनालाई हाजिर जमानीमा छाडेको थियो। 

यो प्रकरणमा राजश्व छलीमात्रै नभएर संगठित अपराध र अन्तदेशीय अपराध भएको भन्दै अनुसन्धानको जिम्मा प्रहरीलाई दिनुपर्ने माग भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको भेटमा यसको अनुसन्धानको जिम्मा सिआइबीलाई दिने छलफल भएको थियो। छलफलपछि प्रधानमन्त्री प्रचण्डले अनुसन्धानको जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए। 

निर्देशनसँगै अनुसन्धानको मिसिल र पक्राउ परेका अभियुक्तहरूलाई प्रहरी प्रधान कार्यालय नक्सालमा बुझाइएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले यसको अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिएको हो। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु