१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सहमति खोज्न सभामुखसहित शीर्ष नेताहरू पुन: छलफलमा

२२ श्रावण २०८०, सोमबार १०:५८

साउन २२, काठमाडौँ  | सदन खुलाउन सत्ता र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरू पुन: छलफलमा जुटेका छन्।

बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्ता र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतबीच सोमबार अपराह्न छलफल भएको हो।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि छन् भने कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरू पनि सहभागी छन्।

संसद सुरू गर्ने विषयमा सभामुख घिमिरेले पहल गरिरहेका छन्।

आज दिउँसो पनि शीर्ष नेताहरूसँग सभामुख घिमिरेले छलफल गरेका थिए।

दलहरूबीच सहमति नभएकोले आज दिउँसो १ बजे बस्नुपर्ने प्रतिनिधि सभा बैठक पनि सुरू हुन सकेको छैन। अपराह्न ४ बजेसम्म प्रतिनिधि सभा बैठक स्थगित गरिएको थियो। 

प्रमुख प्रतिपक्षी एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरोध गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन