साउन २३, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।