१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मकवानपुर पहिरो : बेपत्ता ५ मध्ये थप २ जनाको शव १० किलोमिटर पर भेटिए

२४ श्रावण २०८०, बुधबार ०५:२०

साउन २४, काठमाडौं | बागमती गाउँपालिका-५ सिक्रे दोभान पहिरोमा परि हराइरहेका ५ मध्ये २ जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहानबाट खोजतलास गर्ने क्रममा ९:१० बजेको समयमा बागमती नदीको बिच बगरमा २ जनाको शव फेला परेको हो ।

सिन्धुली हरिहरपुरगढी गाउँपालिका-१ कोकरे स्थित नदीको बीच बगरमा एक पुरुष र एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बागमती गाउँपालिका-५ सिक्रे दोभान बस्ने वर्ष ६० को अक्कल बहादुर स्याङ्तान र  निजको छोरी वर्ष २२ की शिला पहरी मृत अवस्थामा फेला परेका हुन् । उनीहरूको शव फेला परेको स्थान घटनास्थलबाट १० किलोमिटर दक्षिण पर्छ । 

गत सोमबार राती परेको अविरल वर्षाका कारण बागमती-५ सिक्रे दोभानमा स्थानीय सिक्रे खोल्सीमा आएको ढुंगा र माटो सहितको भलले ल्याएको पहिरोले मृतक स्याङ्तानको घर बगाएको थियो । सोमबार राती सो घरमा सुतेका ७ जनालाई मंगलबार बिहान ४ बजे खसेको पहिरोले घरसहित बागमती नदीमा मिलाइदिएको थियो । 

पहिरोमा परि हराएका ७ जना मध्ये एक जनाको मंगलबार उद्धार पछि उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का एक जनाको १४ घण्टा पछि जीवितै उद्धार गरि हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उद्धार पछि मृत्यु हुनेमा स्याङ्तानकी श्रीमती  वर्ष ५५ की सन्तमाया स्याङ्तान रहेकी छिन् । 

त्यस्तै जीवितै उद्धार गरिएका सिन्धुली हरिहरपुर- १ कोकरेका पल्साङ घिसिङको उपचार भइरहेको छ । 

पहिरोमा परि अझै ३ जना हराइरहेका छन् । पहिरोमा परी स्याङ्तानको ज्वाइँ वर्ष २५ को जीवन पहरी, नाति वर्ष ४ को मिलन पहरी र नातिनी डेढ वर्षकी दिव्या पहरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन