२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मकवानपुर पहिरो : बेपत्ता ५ मध्ये थप २ जनाको शव १० किलोमिटर पर भेटिए

२०८०, २४ श्रावण बुधबार ०५:२०

साउन २४, काठमाडौं | बागमती गाउँपालिका-५ सिक्रे दोभान पहिरोमा परि हराइरहेका ५ मध्ये २ जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहानबाट खोजतलास गर्ने क्रममा ९:१० बजेको समयमा बागमती नदीको बिच बगरमा २ जनाको शव फेला परेको हो ।

सिन्धुली हरिहरपुरगढी गाउँपालिका-१ कोकरे स्थित नदीको बीच बगरमा एक पुरुष र एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बागमती गाउँपालिका-५ सिक्रे दोभान बस्ने वर्ष ६० को अक्कल बहादुर स्याङ्तान र  निजको छोरी वर्ष २२ की शिला पहरी मृत अवस्थामा फेला परेका हुन् । उनीहरूको शव फेला परेको स्थान घटनास्थलबाट १० किलोमिटर दक्षिण पर्छ । 

गत सोमबार राती परेको अविरल वर्षाका कारण बागमती-५ सिक्रे दोभानमा स्थानीय सिक्रे खोल्सीमा आएको ढुंगा र माटो सहितको भलले ल्याएको पहिरोले मृतक स्याङ्तानको घर बगाएको थियो । सोमबार राती सो घरमा सुतेका ७ जनालाई मंगलबार बिहान ४ बजे खसेको पहिरोले घरसहित बागमती नदीमा मिलाइदिएको थियो । 

पहिरोमा परि हराएका ७ जना मध्ये एक जनाको मंगलबार उद्धार पछि उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का एक जनाको १४ घण्टा पछि जीवितै उद्धार गरि हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उद्धार पछि मृत्यु हुनेमा स्याङ्तानकी श्रीमती  वर्ष ५५ की सन्तमाया स्याङ्तान रहेकी छिन् । 

त्यस्तै जीवितै उद्धार गरिएका सिन्धुली हरिहरपुर- १ कोकरेका पल्साङ घिसिङको उपचार भइरहेको छ । 

पहिरोमा परि अझै ३ जना हराइरहेका छन् । पहिरोमा परी स्याङ्तानको ज्वाइँ वर्ष २५ को जीवन पहरी, नाति वर्ष ४ को मिलन पहरी र नातिनी डेढ वर्षकी दिव्या पहरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु