२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

१६ हजार मानिससँग २७ अर्ब ठगेकी महिलालाई एक लाख ४१ हजार ७८ वर्ष कैद सजाय !

२०८०, २४ श्रावण बुधबार ०९:१२

साउन २४, काठमाडौँ | १६ हजारभन्दा धेरै मानिसलाई ठगेकी एक थाई  महिलालाई एक लाख ४१ हजार ७८ वर्षको जेल सजाए सुनाइएको छ । यतिसम्म कि ती महिलाले थाई राजपरिवारका सदस्यलाई पनि छोडेकी थिइनन् र अरबौं रुपैयाँ ठगेकी थिइन् ।

सुन्दैमा पत्याउन गाह्रो पर्ने यो कहानी एक यस्ती महिलाको हो जसले विश्व इतिहासमै अहिलेसम्मकै लामो जेल सजाय पाएकी थिइन् । उनलाई कुनै गोप्य जेलमा राखिएको थियो । तर विडम्बना झण्डै डेढ लाख वर्षको जेल सजाय पाएकी ती महिला जम्मा ८ वर्ष जेल बसेर छुटिन् । ती महिलाको नाम चामोए थिप्यासो हो । उनी सन् १९८० को दशकमा थाइल्याण्डमा मात्र नभई दक्षिणपूर्व तथा दक्षिण एसियामा पनि चर्चित थिइन् ।


उनले एक चिट फण्ड कम्पनी खडा गरेर लगानीको उच्च प्रतिफल दिने लोभ देखाउँदै १६हजार २३१ जनालाई ठग्न सफल भएकी थिइन् । ती मानिसहरुले लगानीका लागि भन्दै जम्मा गरेको २७ अर्ब रुपैयाँभन्दा धेरै रकम उनले दम्पच पारिन् ।

ठगीमा पारंगत ती महिलालाई सन् १९८९ मा थाई अदालतले एक लाख ४१ हजार ७८ वर्षको जेल सजाय सुनाएको थियो । विश्व इतिहासमा यो कुनै पनि व्यक्तिले पाएको हालसम्मकै लामो जेल सजाय हो ।

डेलीमेलका अनुसार चामोएले सन् १९६० मा बचत योजनाको नाममा एक कम्पनी सुरु गरेकी थिइन् । त्यसबेला उनी थाइल्याण्डको सरकारी तेल कम्पनी पेट्रोलियम अथोरिटी अफ थाइल्याण्डकी कर्मचारी थिइन् ।

बचत योजनामा लगानी गर्नेलाई शेयरको रुपमा तेल बण्ड दिइने र त्यसबाट उच्च प्रतिफल प्राप्त हुने भन्दै उनले बताएकी थिइन् । त्यस्तो झुटो आश्वासनमा फसेर थाइल्याण्ड र भारतका समेत कैयन् मानिसहरुले उनको कम्पनीमा लगानी गरे र उनीहरुको पैसा डुब्यो ।

उनले मे चामोए फण्ड नामको एक फर्जी कम्पनीको माध्यमबाट अनेक खालका हतकण्डा अपनाएर थाई राजपरिवारलाई समेत ठगिन् । उनले लगानीकर्तालाई लोभ्याउनका लागि शाही परिवारका विभिन्न सदस्यका नामको दुरुपयोग गर्थिन् ।

वास्तवमा उनले चिनेजानेका केही व्यक्ति रोयल थाई वायुसेनामा थिए । तिनै अधिकारीहरुलाई नाम भजाएर उनले लगानीकर्ताहरुलाई उनको कम्पनी कानूनी रुपमा बलियो तथा विश्वसनीय रहेको भ्रम पार्न सफल भइन् । जसका कारण हजारौं मानिसहरु विश्वासमा परेर लगानी गरे ।

शाही परिवारका केही सदस्य तथा सैन्य अधिकारीहरु पनि उनको जालमा फसेका थिए । उनीहरुले चामोएको कम्पनीमा मोटो रकम लगानी गरेका थिए । तर उनको कम्पनी तथा गतिविधिहरु सबै गैरकानूनी तथा फर्जी रहेको पाइएपछि सबैको होसहवास उडेको थियो । पछि उनलाई पक्रिएर सरकारको सहयोगमा सबै पीडितको रकम फिर्ता गरिएको थियो ।

उनले नक्कली कम्पनी खडा गरेर ठगी गरिरहेको खुलासा भएपछि सरकारले त्यो कम्पनीलाई बन्द गराएर उनलाई पक्राउ गर्यो । त्यसपछि वायुसेनाले उनलाई कैयन् दिनसम्म गोप्य स्थानमा राख्यो र उनीमाथि अदालतमा मुद्दा दायर गरियो । अदालतले सन् १९८९ मा उनीविरुद्ध १ लाख ४१ हजार ७८ वर्षको जेल सजायँ सुनायो ।

तर यतिधेरै जेल सजाय सुनाइएकी चामोए जम्मा ८ वर्ष जेलमा बसेपछि मुक्त भइन् । आखिर किन ?

किनकि उक्त घटनापछि थाइल्याण्डमा एक नयाँ कानून लागू भयो । जस अनुसार धोकाधडी तथा ठगीको मामिलामा कुनै पनि दोषीलाई २० वर्षभन्दा धेरै समय जेलमा राख्न पाइँदैनथ्यो ।

स्मरण रहोस् चामोएले पाएको एक लाख ४१ हजार ७८ वर्षको जेल सजाय विश्वको सबैभन्दा लामो जेल सजायको रुपमा गिनिज बुकमा दर्ज छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु