१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संखुवासभा कारागारमा दुई जनाको मृत्यु प्रकरण: ९ कैदी प्रहरीको नियन्त्रणमा

२४ श्रावण २०८०, बुधबार ११:०१

साउन २४, काठमाडौँ | जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले ९ जना कैदीलाई नियन्त्रणमा लिएको छ। 

बुधबार दिउँसो आरोपित ९ कैदीलाई नियन्त्रणमा लिएर छुट्टै ठाउँमा राखिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। 

कैदीबन्दीहरू संखुवासभा मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङी र नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको हो। बुधबार बिहान कारागारभित्र अचेत फेला परेका उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।

उक्त घटनापछि कैदीबन्दीहरूले नै आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिइएको कार्कीले बताए।

‘अरू कैदीबन्दीहरूले आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिएर छुट्टै स्थानमा राखेका छौं। भित्र सुरक्षाको चुनौती पनि हुनसक्ने भएकाले छुट्टै स्थानमा राखेका छौं,’ उनले भने, ‘उनीहरूको संलग्नता के-कति थियो भन्ने छानबिनपछि मात्रै थाहा हुन्छ।’

उनका अनुसार दुई जना कैदी बुधबार बिहान २ बजेतिर जेलबाट भाग्ने प्रयास गरेका थिए। उनीहरू शौचालयको झ्यालको रड काटेर भाग्न लागेका थिए।

उनीहरूले भाग्ने प्रयास गरेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएर पुन: कारागारभित्र राखेको थियो। 

बिहान भने उनीहरू दुबै जना अचेत फेला परेका थिए। त्यसपछि उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो।उपचारका क्रममा उनीहरू दुबै जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारका अनुसार कैदीहरूले उनीहरूमाथि लात्ती र मुक्काले हिर्काएको देखिएको छ।

सेल भित्र सिसिटिभी पनि नभएकाले क-कसको संलग्नता छ भन्ने छानबिनपछि मात्रै खुल्ने उनले बताए। 

‘घटना सेलभित्र भएको देखिन्छ। त्यहाँ सिसिटिभी राखिएको हुँदैन। अहिले नियन्त्रणमा आएका व्यक्तिहरू पनि अरूले आरोप लगाएकाले हो,’ डिएसपी गोदारले भने, ‘कारागारमा विभिन्न समूह हुने भयो। कसले गरेको हो भन्ने अनुसन्धानबाट ढिलो-चाँडो थाहा हुन्छ।’

जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे नेतृत्वको छानबिन समिति बनाएको छ। 

मृतक तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए।

उनीहरू एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका थिए।

हाल कारागारमा १३८ कैदीबन्दी छन्। मृतक दुई कैदी बस्ने कोठामा मात्रै ३८ जना कैदीबन्दी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन