Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, १४ चैत्र शनिबार
ओखलढुङ्गा - OKL

स्थानिय तह पुनर्संरचना जातिय,भाषीक र सांस्कृतीक आधारमा हुनुपर्छ : यायोख्खा

२०७३, १६ आश्विन आईतवार ०२:३२


असोज १६, ओखलढुंगा । किरात राई यायोख्खा ओखलढुंगाले जातिय,भाषीक र सांस्कृतीक आधारमा स्थानिय तह पुनर्संरचना गर्न माग गरेको छ । यायोख्खाले कुनै पनि समुदायको सद्भाव नखल्बल्लीने गरी पुनर्संरचना गर्न माग गरेको हो । यायोख्खाले जिल्ला स्थित प्राविधिक समितिका संयोजक मार्फत आयोगमा ज्ञापनपत्र बुझाउँदै सरकारले पछिल्लो समय गरेको विद्यमान जिल्ला विकास ईलाकाहरुलाई आधार मानेर पुनर्संरचना गर्ने निर्णय पनि सच्चाउन माग गरेको छ । नयाँ नेपाल बनाउने नारा दिएर पञ्चायतले गरेको अन्यायलाई निरञ्तरता दिने प्रयास भईरहेकाले त्यस विरुद्ध आवाज उठाईएको किरात राई यायोख्खा जिल्ला कार्यसमिति ओखलढुंगाका अध्यक्ष दिपेन्द्र रुम्दालीले बताउनुभयो । उहाँले जनजातीहरुलाई अधिकार मात्र दिएर नहुने भन्दै त्यसलाई कार्यन्वयन गर्ने संरचना पनि सोहि अनुरुप हुनुपर्नेमा जोड दिनुभयो ।

किरात राई यायोख्खाका केन्द्रिय पदाधिकारीको उपस्थितीमा ओखलढुंगामा यायोख्याले स्थानिय तह पुनसंरचना सम्बन्धी अन्तरक्रिया समेत सम्पन्न गरेको छ । अन्तरक्रियामा सहभागिहरु वत्ताहरुले विद्यमान जिल्लाको भौगोलिक सिमाना यथावत राखेर सोहि अनुरुप स्थानिय संरचना बनाउन सम्भव नरहेको बताएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु