२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविको ‘र्‍यापिड एक्सन टिम’ को काम अवैध

२०८०, २५ श्रावण बिहीबार ०६:११

साउन २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फसेका छन् ।

पत्रु बनाउनुपर्ने ना २ च ५६१६ नम्बरको एम्बुलेन्स प्रयोग गरी मोबाइल क्लिनिक सञ्चालन, नियम विपरीत बसको रङ र रुट परिवर्तन गरी 'ब्लु बस’ सञ्चालन गरिएसँगै कानुनी झमेला रहेका बेला नारायणगढ–मुग्लिन सडकको पहिरोमा अवरुद्ध यात्रु र सवारी साधनलाई उद्धार गर्न खटिएको रास्वपाकै र्‍यापिड एक्सन टिम (आरएटी) लाई पनि जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएको छ ।


रास्वपाले सञ्चार उपकरण वाकिटकी सञ्चालनका लागि कुनै निकायबाट अनुमति लिएको पाइएको छैन । कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै जाम खुलाउन सुन्तला रङको ज्याकेटमा आरएटी लेखेर वाकिटकी सञ्चार सहितका युवा खटेकामा जिल्ला प्रशासन कार्यालय चितवनले आपत्ति जनाएको छ ।

सूचना तथा प्रसारण विभागका निर्देशक तथा प्रवक्ता भरत गौतमले राष्ट्रिय स्वतन्त्र पार्टीले विभागबाट हालसम्म सञ्चार उपकरण वाकिटकीको अनुमति नलिएको बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीको र्‍यापिड एक्सन टिम ( र्‍याट) ले मुग्लिन–नारायणगढ सडक खण्डको पहिरो खुलाउन तथा ट्राफिक व्यवस्थापनमा वाकिटकीसहित कालीखोलालगायतका ठाउँमा खटिएको भन्ने विषयमा प्रतिव्रिmया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर कुनै पनि स्थानका लागि वाकिटकी प्रयोगको अनुमति नलिएको जानकारी दिए ।

प्रवक्ता गौतमले सो पार्टीले स्थानीय रूपमा सञ्चलानमा रहेका निर्माण कम्पनीहरूले अनुमति लिएका उपकरणहरू प्रयोग गरेको हुन सक्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु