१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जापान बाहिरिएपछि नयाँ टोलीले विश्वकपको उपाधि उचाल्ने पक्का

२६ श्रावण २०८०, शुक्रबार १०:२३

साउन २६, काठमाडौँ | एसियाली राष्ट्र जापान नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा स्विडेनले जापानलाई २—१ गोलले पराजित गर्‍यो । 

जितसँगै स्विडेन नवौं महिला विश्वकपको सेमिफाइनलमा पुग्ने दोस्रो राष्ट्र बनेको छ । यसअघि शुक्रबार नै भएको पहिलो क्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २—१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको थियो । 


खेल सुरु भएको ३२ औं मिनेटमा स्विडेनका लागि अमान्डा लेस्टेडले पहिलो गोल गरेकी थिइन् । सोही गोलका कारण स्विडेन पहिलो हाफमा अगाडि रह्यो । खेलको ५१ औं मिनेटमा फिलिप्पा एन्जलडलले पेनाल्टीमार्फत गोल गर्दै स्विडेनको अग्रता दोब्बर बनाएकी थिइन् । 

यसैगरी ८७ औं मिनेटमा होनोका हायासीले जपानका लागि जवाफी गोल गरेकी थिइन् । तर, होनोकाको उक्त गोलले जापानको पराजयलाई भने टार्न सकेन । प्रतियोगिताको सेमिफाइनलमा स्विडेनले स्पेनको सामना गर्नेछ । 

जापान महिला विश्वकपको पूर्वविजेता राष्ट्र हो । सन् २०११ मा जर्मनीमा आयोजना भएको महिला विश्वकपको छैटौं संस्करणको उपाधि जापानले जितेको थियो । त्यतिबेला जापानले फाइनलमा अमेरिकालाई पेनाल्टी सुटआउटमा ३—१ गोलले हराएको थियो । 

जापान उपाधि होडबाट बाहिरिएपछि अब महिला विश्वकपले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । सेमिफाइनलमा पुगिसकेका स्पेन र स्विडेनले हालसम्म महिला विश्वकप जितेका छैनन् । क्वार्टरफाइनल खेल्न बाँकी रहेका अस्ट्रेलिया, फ्रान्स, इङ्ल्यान्ड र कोलम्बियाले पनि हालसम्म महिला विश्वकपको उपाधि जितेका छैनन् । 

हालसम्म चारवटा राष्ट्रले मात्र महिला विश्वकपको उपाधि चुमेका छन् । अमेरिकाले सर्वाधिक चार पटक उपाधि जितेको छ । यसैगरी जर्मनीले दुई पटक महिला विश्वकपको उपाधि जितेको छ । जापान र नर्वेले एक—एक पटक उपाधि जितेका छन् । 

प्रतियोगिताको अन्य क्वार्टरफाइनल खेलमा शनिबार अस्ट्रेलियाले फ्रान्स र इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछन् । महिला विश्वकप फुटबलको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन