१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सरकार पाकिस्तानी मोडेलमा गएको आरजुको आशंका, कांग्रेसलाई छानीछानी दुःख दिइयो

२६ श्रावण २०८०, शुक्रबार ११:०२

साउन २६, काठमाडौँ | नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले सरकारका पछिल्ला क्रियाकलापहरु विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्यत भएको आरोप लगाएकी छन् ।

संसदीय दलको बैठकमा आफ्नो धारणा राख्ने क्रममा डा. देउवाले कांग्रेसका नेताहरुलाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्यहरु भइरहेकोमा आफूलाई दुःख लागेको बताइन् ।

राणाले भनिन्, ‘यस्ता मैले भारत पाकिस्तानमा मात्र देख्थें । एउटाले सरकारको लिड गर्छ, अर्कोको स्क्याण्डल खोजीखोजी जेल पठाउँछ । अर्को आएपछि फेरि विपक्षीलाई त्यसै गर्छ । नेपालमा पनि त्यस्तै देखिन थाल्यो । आज कांग्रेसलाई छानीछानी आरोपित गरिँदा मलाई दुःख लागेको छ ।’

उनले आफू कांग्रेस सभापति र पूर्वप्रधानमन्त्रीको पत्नी मात्र नभएर सांसदसमेत भएको व्यक्तिको नक्कली अडियो खडा गरेर आरोपित गरिएको भन्दै सामान्य मान्छेमाथि अत्याचार भइरहेको टिप्पणी गरिन् । उनले यस विषयमा गम्भीर भएर सोच्ने बेला आएको समेत बैठकमा बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन