३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा कांग्रेसमा तेजेन्द्र,रुद्र र सविता मनोनित

१६ आश्विन २०७३, आईतवार ०३:१८

पूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा । नेपाली कांग्रेस जिल्ला कार्यासमिति ओखलढुंगाले पदाधिकारी मनोनयन गरेको छ । शनिवार बसेको जिल्ला कार्यसमितिको बैठकले उपसभापति, सचिव र सह सचिव मनोनित गरेको हो । यो सँगै ओखलढुंगा कांग्रेसमा पदाधिकारीले पूर्णता पाएको हो । बैठकमा जिल्ला सभापति प्रदीपकुमार सुनुवारले उपासभापतिमामा (तेजेन)तेजेन्द्र खनाल, सचिवमा रुद्र प्रसाद अधिकारी र सह सचिवमा सविता राईलाई प्रस्ताव गरेपछि कार्यसमितिका सदस्यहरुबाट सर्बसहमतीले पारित भएकोे बताईएको छ । 

पदाधिकारी मनोनित गरेपछि पार्टीलाई चलायमान बनाउन बाटो खुलेको सचिव रुद्रप्रसाद अधिकारीले बताउनुभयो । विधान अनुसार निर्वाचित र मनोनित सहित ३३ जनाको कार्यसमिति रहने नेपाली कांग्रेस जिल्ला कार्यासमितिमा अझै चार जना सदस्य मनोनयन गर्न बाँकी रहेकोले केही समय पछि कार्य समितिलाई पूर्णता दिइने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । 

गत माघमा जिल्ला अधिवेशन गरेको काग्रेसले पहिलो बैठक बाट चार जना सदस्यहरु मनोनित गरेपनि लामो समयसम्म पदाधिकारीको टुंगो लगाउन सकेको थिएन । एक व्यक्ति एक पदको अवधारण अघिसारेको कांग्रेसले मनोनित गरेका ओखलढुंगाका सबै पदाधिकारीहरु महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड