१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शिक्षा र स्वास्थ्य जनताका लागि सहज हुनुपर्छ : महामन्त्री थापा

२७ श्रावण २०८०, शनिबार ०८:०७

साउन २७, भक्तपुर | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको १६ औँ स्मृति दिवसको अवसरमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको मौलिक हक भएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य उपचारको सुविधा सबै नागरिकले पाउनु पर्ने औँल्याए ।

स्व. कार्कीले प्रजातन्त्र स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरण गर्दै महामन्त्री थापाले सामाजिक योगदानमा पनि कांग्रेस अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा कोइरालाले राजनीतिक मात्रै नभई सामाजिक व्यक्तित्वका रुपमा चिनिनुहुने कार्कीलाई पार्टीले सधैँ सम्झिने बताए ।

कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले पार्टीका लागि र देशका लागि योगदान पुर्याउने कांग्रेसका नेता सधैँ जीवित रहने चर्चा गर्दै भक्तपुरको विकासमा कांग्रेसले पुर्याएको योगदान जनतामाझ लैजानुपर्ने बताए । कांग्रेसका जिल्ला सदस्य कवीर राणा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले स्वर्गीय कार्कीको योगदानका बारेमा चर्चा गरे ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालयमा अध्ययनरत एक सय १० विद्यार्थीलाई झोला, कापी, कलमलगायत सामग्री वितरण गरे । सो अवसरमा ६४ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन