१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गलत गरेको प्रमाण दिन सक्नुहुन्छ भने म पदमा बस्दिनँ: अर्थमन्त्री महत

२८ श्रावण २०८०, आईतवार ११:११

साउन २८, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले गलत गरेको कुनै प्रमाण आए आफू पदमा नबस्ने बताएका छन्।

आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकमा बोल्दै उनले आफूले गलत काम नगरे पनि विभिन्न व्यक्तिहरूले आक्षेप लगाउने गरेको बताए।


‘ममाथि व्यक्तिगत प्रहार भइरहेका छन्, व्यर्थको लाञ्छना लगाउने काम भइरहेको छ,’ महतले भने, ‘किन ममाथि अनावश्यक शंका गर्ने?’

आफूले केही गल्ती गरेको प्रमाण दिएमा पदमा नबस्ने पनि उनले बताए। ‘तपाईंहरूलाई लाग्छ, मैले गल्ती गरेको छु?, पदमा बसेर मैले केही गल्ती गरेँ? हो भने प्रमाण दिनुहोस्, म पदमा बस्दिनँ,’ उनले भने, ‘होइन भने आरोप नलगाउनुहोस्, अनेक प्रचार नगर्नुहोस्।’

उनले पार्टीका नेता/कार्यकर्तामा अनुशासन र मर्यादा हुनुपर्ने पनि बताए।

‘हामी त एउटा संस्कारको अभ्यास गरेर आएको मानिस हो,’ पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘पार्टीका सदस्यहरू पनि मर्यादामा बस्नुपर्दछ।’

उनले सुन प्रकरणमा छानबिन भइरहेको बताए। ‘सुन बरामद गरियो। बरामद नगरेको भए त प्रश्न नै आउँथेन होला नि,’ उनले भने, ‘हङकङलाई अर्थ मन्त्रालयबाट चिठी लेखेका छौं। को-को संलग्न छन् भनेर अनुसन्धान पनि भइरहेको छ।’

सुन प्रकरण छानबिन गर्न अर्थमन्त्री महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने कांग्रेसकै सांसद सुनिल शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन