२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गलत गरेको प्रमाण दिन सक्नुहुन्छ भने म पदमा बस्दिनँ: अर्थमन्त्री महत

२०८०, २८ श्रावण आईतवार ११:११

साउन २८, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले गलत गरेको कुनै प्रमाण आए आफू पदमा नबस्ने बताएका छन्।

आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकमा बोल्दै उनले आफूले गलत काम नगरे पनि विभिन्न व्यक्तिहरूले आक्षेप लगाउने गरेको बताए।


‘ममाथि व्यक्तिगत प्रहार भइरहेका छन्, व्यर्थको लाञ्छना लगाउने काम भइरहेको छ,’ महतले भने, ‘किन ममाथि अनावश्यक शंका गर्ने?’

आफूले केही गल्ती गरेको प्रमाण दिएमा पदमा नबस्ने पनि उनले बताए। ‘तपाईंहरूलाई लाग्छ, मैले गल्ती गरेको छु?, पदमा बसेर मैले केही गल्ती गरेँ? हो भने प्रमाण दिनुहोस्, म पदमा बस्दिनँ,’ उनले भने, ‘होइन भने आरोप नलगाउनुहोस्, अनेक प्रचार नगर्नुहोस्।’

उनले पार्टीका नेता/कार्यकर्तामा अनुशासन र मर्यादा हुनुपर्ने पनि बताए।

‘हामी त एउटा संस्कारको अभ्यास गरेर आएको मानिस हो,’ पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘पार्टीका सदस्यहरू पनि मर्यादामा बस्नुपर्दछ।’

उनले सुन प्रकरणमा छानबिन भइरहेको बताए। ‘सुन बरामद गरियो। बरामद नगरेको भए त प्रश्न नै आउँथेन होला नि,’ उनले भने, ‘हङकङलाई अर्थ मन्त्रालयबाट चिठी लेखेका छौं। को-को संलग्न छन् भनेर अनुसन्धान पनि भइरहेको छ।’

सुन प्रकरण छानबिन गर्न अर्थमन्त्री महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने कांग्रेसकै सांसद सुनिल शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु