१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनमत पार्टी दोस्रो पटक सरकारमा, अनिता देवीले लिइन् मन्त्रीको शपथ

२९ श्रावण २०८०, सोमबार ०५:१७

साउन २९, काठमाडौँ | जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन्। सोमबार बिहान शितल निवासमा साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई हटाएर शाहलाई सामान्य प्रशासन मन्त्रीमा सिफारिस गरेका थिए।शाह जनमतकी समानुपातिक सांसद हुन्। उनी सांसद बन्नु अगाडि गत वर्ष भएको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएकी थिइन्।


मोदीको काम सन्तोषजनक नदेखिएको र जनमत पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने भएकाले माओवादी केन्द्रको पदाधिकारी बैठकले फिर्ता उनलाई बोलाएको हो। 

शपथग्रहण समारोहमा राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए।

यस अगाडि जनमत पार्टीका अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए। तर सरकारसँग असन्तुष्ट जनाउँदै जनमत बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन