१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण- दोषी देखिए महराजी मात्र होइन मलाई पनि हत्कडी लगाए हुन्छ

२९ श्रावण २०८०, सोमबार ०९:०४

साउन २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिनको क्रममा दोषी देखिए सबैलाई कारबाही गर्ने बताएका छन् । बत्तिसपुतलीमा जारी जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरु गर्दै प्रधानमन्त्री प्रचण्डले छानबिनको लागि आफूहरुले सबैलाई दबाब नदिएको बताए ।

प्रधानमन्त्रीको भनाईलाई उदृत गर्दै बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंले भने, ‘अनुसन्धानको क्रममा जुनसुुकै व्यक्तिको नाम आएपनि कारवाही हुन्छ। पार्टीको व्यक्ति भनेर हुँदैन । महराजीको बारेमा अहिले कुरा आइरहेको छ । अनुसन्धान अगाडि बढाउँन सीआइवीलाई भनिसकेका छौं । तर, प्रक्रिया अघि बढाएको छैन । कुुनै विषयमा अनुसन्धानको क्रममा मेरो नाम भएपनि हत्कडी लगाएर मलाई लगे हुन्छ भनेको छु ।’

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिएको छ । प्रधानमन्त्री र गृहमन्त्रीको दबाबको कारणले महरामाथि छानविन अघि नबढाइएको आरोप लाग्दै आइरहेको बेलामा उनले त्यसको खण्डन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी सरकारले अगाडि बढाएको अभियानले जनतामा उत्साह बढेको बताए। सरकारको कामलाई प्रभावकारी बनाउनको लागि सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि प्रकरणको छानविनमा आफूले दबाब नदिएको बताए ।

कार्यक्रममा उपाध्यक्ष पम्फा भुषालसहित, उपमहासचिव जनार्दन शर्मा प्रभाकर, सचिव दीनानाथ शर्मा, वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेललगायत नेताहरुको उपस्थिति छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन