२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपराष्ट्रपति यादव चीन प्रस्थान

२०८०, २९ श्रावण सोमबार ११:०८

साउन २९, काठमाडौँ | उपराष्ट्रपति रामसहायप्रसाद यादव उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गरेका छन् ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक वैदेशिक यादव चीनको भ्रमणमा गएका हुन् । यादवले जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमण गर्नेछन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल तथा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे तथा चीनका राजदूतले बिदाइ गरेका थिए । उनी त्रिभुवन विमानस्थलबाट पौन पाँच बजेको उडानमा त्यसतर्फ लागेका हुन् ।


चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा विशेष अतिथिको रूपमा उनी चीन भ्रमणमा जान लागेका हुन ।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन् ।

उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु