२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मोरङको पथरीमा पतिको कुटाइले पत्नीको मृत्यु

२०८०, ३० श्रावण मंगलवार ०८:५५

साउन ३०, काठमाडौँ | मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मा पति (श्रीमान)को कुटाइबाट पत्नी (श्रीमती)को मृत्यु भएको छ। 

पथरीशनिश्चरे–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिट गर्दा पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो। घयसायी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कर्णमायालाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले बताए। 

उनका अनुसार कुटपिटबाट घाइते भएकी भएकी कर्णमायालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। नोबेलले सोमबार रेफर गरेपछि परिवारका सदस्यले थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेका थिए। उपचारकै क्रममा राति १० बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक पोखरेलले बताए। 

प्रहरीले पति–पत्नीबीचको घयसायी विवादका बारेमा खुलाएको छैन। घटनामा संलग्न हर्कजंगलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने प्रनि पोखरेलको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा