२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भारत र पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोलीले एशिया कपअघि पाकिस्तानमा अभ्यास गर्ने

२०८०, ३१ श्रावण बुधबार ०९:२५

साउन ३१,काठमाडौं | दुई सातापछि पाकिस्तान र श्रीलङ्कामा सुरु हुने एशिया कपमा सहभागी छ राष्ट्रमध्ये तीन वटाले आफ्नो टोलीको घोषणा गरिसकेका छन्। नेपालको समूहमा भारत र पाकिस्तान छन्। नेपालको चासो यी दुई राष्ट्रका खेलाडीहरूप्रति हुने छ।

पाकिस्तानले टोलीको घोषणा गरिसकेको छ। भारतले भने अहिलेसम्म अन्तिम टोली सार्वजनिक गरेको छैन। फरक समूहमा रहेको बाङ्ग्लादेशले टोलीको नाम प्रकाशित गरे पनि श्रीलङ्का र अफगानिस्तानको टोली घोषणा हुन बाँकी छ। नेपालले गत सोमवार १७ सदस्यीय टोलीको घोषणा गरेको हो।


दुवै विपक्षी राष्ट्रमा चर्चित खेलाडीहरूको बाहुल्य भएकोले उनीहरूको खेल हेर्नुको बेग्लै रोमाञ्च हुने आशा गरिएको छ। नेपालले भारत र पाकिस्तानसँग इतिहासमा पहिलो पटक खेल्न लागेकोले यो प्रतियोगितालाई निकै महत्त्वका साथ हेरिएको छ। नेपाली टोली आगामी साता पाकिस्तान जाने योजनामा छ।

"नेपाली टोलीले भारत र पाकिस्तानसँग खेल्नुअघि त्यहाँ अभ्यास खेल खेल्ने छ," नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठकले त्यसको व्यवस्था पाकिस्तान क्रिकेट बोर्डले मिलाइदिएको हो।

नेपाली टोलीमा को छन्?

सामान्यतः अन्तर्राष्ट्रिय प्रतियोगितामा १५ सदस्यीय टोली हुने भए पनि एशिया कपको लागि १७ सदस्यीय टोलीले खेल्न पाउने व्यवस्था एशियाली क्रिकेट काउन्सिलले गरेको छ। रोहित पौडेलले नेतृत्व गर्ने टोलीमा तीन नयाँ खेलाडी किशोर महतो, श्याम ढकाल र सन्दीप जोरालाई स्थान दिइएको छ। देव खनाल भने टोलीमा अटाएका छैनन्।

ज्ञानेन्द्र मल्लले हालै सन्न्यास घोषणा गरिसकेका छन्। बाँकी पुरानै खेलाडी हुन्। प्रारम्भिक जोडीमा कुशल भुर्तेल र आशिफ शेख छन्। आशिफ शेखले विकेटकिपिङ पनि गर्ने छन्।

मध्य क्रममा अर्जुन साउद, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख हुने छन्। अलराउन्डरको रूपमा दीपेन्द्र सिंह ऐरी र गुलशन झा छन्।

बलिङमा सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, प्रतीश जीसी, श्याम ढकाल र किशोर महतो हुने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु