१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तीन महिने अभियानपछि माओवादी सबैभन्दा ठुलो शक्ति भएर उदाउँछ : प्रचण्ड

३२ श्रावण २०८०, बिहीबार ११:२०

साउन ३२,  काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहित सुशासनको पक्षमा सरकारले चालेको कदमबाट आत्तिएकाहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेको जिकिर गरेका छन् ।

बिहीबार २० औं दोरम्बा हत्याकाण्डको स्मृति सभा रामेछापमा बोल्दै उनले देशमा देखिएको व्यापक वेथिति र विक्रितिको अन्त्य गर्न सरकारले चालेको कदमबाट अत्तालिएकाले विपक्षीले विभिन्न भ्रम छरिरहेको आरोप लगाए । 


‘सरकार सामाजिक न्यायसहित सुशासन र समृद्धिको अभियानमा दृढ संकल्प लिएर अघि बढेको छ । यसबाट आत्तिएका विरोधीहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ता भ्रमको पछाडि नलाग्न म आग्रह गर्छु’, उनले भने । 

उनले गठबन्धन दलहरूबीच कुनै दरार नभएको भन्दै  सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एकताबद्ध भएर लागेको बताए । सामन्ती राज्यसत्ताविरूद्ध जनयुद्धमा आफू जुन जोश र सक्रियताका साथ लागेको थिएँ, जीवनको उत्तरार्द्धमा पनि सोही जोसका साथ समाजवादको यात्रामा लाग्ने उनले प्रतिबद्धता जनाए । 

प्रचण्डले तीन महिने अभियानले जनतासँग माओवादीको सम्बन्ध स्थापित हुने र त्यसपछि ठुलो शक्ति भएर उदाउन  दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन