भदौ १, काठमाडौँ | नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा थप दुई जनालाई मनोनित गरेको छ ।
केन्द्रीय समितिमा ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको माओवादी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।
गत साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्याउन २२ जना थप गरेको थियो ।
दुई जना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको छ ।