१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादी विद्रोहबारे ओलीले दिने अभिव्यक्ति बीभत्स र घृणास्पद : घनश्याम भुसाल

२ भाद्र २०८०, शनिबार १२:०७

भदौ २, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणाष्पद रहेको टिप्पणी गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित  ‘२०२८: झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफूलाई नेपालको कम्युनिष्ट पार्टीहरुको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विभत्स, डरलाग्दो र घृणाष्पद लाग्ने गरेको बताएका हुन्। 

महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान भन्ने गरेको र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गरे। उनले ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे। 

महासचिव भुसालले भने, ‘अहिले इतिहासको कुरा गर्दाखेरी, हुनत यो राजनीतिक कुरा हुन्छ। यो विरोधको कुरा पनि सुन्न सकिएला। आज फर्केर हेर्दाखेरी खासगरी हाम्रो राजनीतिक नेतृत्वमा कमरेड ओलीलगायत अरु कतिपय साथीहरुले पनि इतिहासको बारेमा जसरी बोल्छन्। स्वयं माओवादी आन्दोलन, जनयुद्धको बारेमा जे बोल्छन्। हिजो सहमति, असहमति जे थियो होला, तर राज्यले त्यसलाई के भनेर मान्यो भन्दा इतिहासलाई अझै धेरै अगाडि लैजान्छौं भनेर सबै सहमति भएर हामी अगाडि बढेका जस्ता घटनालाई आज फर्केर हेर्दाखेरी जतिखेर मिलिन्छ, त्यतिखेर चाहिँ यो महान कुरा थियो भन्ने। जतिखेर मिलिँदैन, त्यतिखेर चाहिँ यो हत्यारा, आतंककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो विभत्स, डरलाग्दो यो असाध्य घृणाष्पद भन्छु म।’'अनि, त्यस्तो थियो, त्यसरी आएको हो । शिला टिपेको हो । आदि, इत्यादि ।’

भुसालले नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध विस्तार गरेको उल्लेख त्यसलाई टुट्न नदिन फेरि नयाँ सङ्कल्पसहितको क्रान्ति आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन