१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण सहज हुनेगरी काम भइरहेको छ : मन्त्री रिजाल

२ भाद्र २०८०, शनिबार १२:२४

भदौ २, वीरगञ्ज | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताएका छन्।

नेपाल आयल निगम वीरगञ्ज शाखाले आजदेखि पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गर्दै मन्त्री रिजालले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गरिने उल्लेख गर्दै बिक्री वितरणलाई पनि सहज बनाइने बताए।

तिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेकाले अब पेट्रोलियम पदार्थको आपूर्ति सहज र व्यवस्थित हुने उल्लेख गर्दै उनले पेट्रोलियम पदार्थमा हुने चुहावट नियन्त्रणका लागि ट्यांकरमा  ‘टैंकट्रक लकिङ’ लगाउने कार्यसमेत सुरु भइसकेको जानकारी दिए। 

पेट्रोलियम पदार्थको ढुवानी सहज भएसँगै बिक्री वितरणको बिलिङलाई सहज बनाउनका लागि आयल निगमको शाखाबाटै बिलिङ दिने कामको सुरुआत भइसकेकाले अब बिलिङका लागि अमलेखगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य हुने मन्त्री रिजालले दाबी गरे।

वीरगञ्जबाट पेट्रोलियम पदार्थको बिलिङ सुरु भएसँगै पर्सा, बारा, रौतहट लगायतका जिल्लाका ढुवानी व्यवसायीलाई सहज हुने उल्लेख गर्दै उनले यसबाट चुहावट नियन्त्रणमा समेत मद्दत पुग्ने बताए। सो अवसरमा मन्त्री रिजालले बिलिङ काउन्टरबाट काटिएको पहिलो बिलिङ ढुवानीकर्तालाई प्रदान गरी उक्त कार्यको उद्घाटन गरे।

निगमको वीरगञ्ज शाखाबाट पेट्रोलियम पदार्थको बिलिङ हुँदै आएकोमा २०७७ माघदेखि बन्द भएको थियो। अहिले तत्कालका लागि वीरगञ्ज शाखाबाट डिजेलको बिलिङ गरिने र पेट्रोल तथा मट्टीतेलको प्रादेशिक कार्यालय अमलेखगञ्जबाटै हुने व्यवस्था मिलाइएको निगमको वीरगञ्ज शाखाका प्रमुख मनोज कुमारले जानकारी दिए।

वीरगञ्जबाट बिलिङ सुरु गर्दा ढुवानी व्यवसायीलाई सहज हुने र ढुवानी खर्चसमेत कम लाग्दा केही मूल्य पनि घट्ने भएकाले यहाँबाट पनि पुनः बिलिङ सुरु गरिएको नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराका प्रमुख विनितमणि उपाध्यायले बताए। यसअघि शुक्रबार नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयले दोस्रो चरणको टैंकट्रक लकिङ सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन