भदौ ३, काठमाडौँ | संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलाई सुनुवाइका लागि भोली बोलाउने भएको छ।
समितिका सचिव पद्मप्रसाद पाण्डेयका अनुसार सोमबार सुनुवाइका लागि श्रेष्ठलाई बोलाउने निर्णय भएको हो।
समितिको आजको बैठकमा उजुरी खोलेर सांसदहरूलाई वितरण गरिएको छ। उजुरीकर्तासँग भोलि बिहान साढे १० बजे छलफल गरेर त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ अघि बढ्ने छ।
संसदीय सुनुवाइका क्रममा उनले आफ्नो योग्यता, अनुभव, कार्ययोजना र अवधारणा प्रस्तुत गर्नु हुनेछ । संसदीय समितिले सबै विषय वस्तुबारे जानकारी लिएपछि उनको नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय गर्ने छ ।