१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु, ओली गएनन्

३ भाद्र २०८०, आईतवार ०८:१७

भदौ ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ र पदम गिरी सहभागी भएका छन् । 

ओली कार्यव्यस्तताका कारण अनु्पस्थित भएको एमाले नेताहरुले बताएका छन् । त्यसैगरी बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का सहभागी छन् ।

माओवादी केन्द्रबाट अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड,उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् ।

भने रास्वपाका अध्यक्ष रवि लामिछाने र सन्तोष परियार र राप्रपाका राजेन्द्र लिङदेन तथा जनतमतकी अनितादेवी रहेका छन् । 

एमालेले उक्त सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

सोही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन