१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन, भोलि फेरी बस्ने

३ भाद्र २०८०, आईतवार ०९:४०

भदौ ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद सञ्चालनको विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक छलफल विना निष्कर्ष टुङ्गिएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो । भोलि फेरि बस्ने गरी नेताहरू उठेको रास्वपा सभापति रवि लामिछानेले जानकारी दिएका छन् ।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनु पर्छ भन्नेमा सबै दल सहमत रहेको बताए । उनले भने ‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्ने आशा छ’,|

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानले गति लिएको र समानान्तर ढङ्गले छानबिन समिति बनाउँदा त्यसमा अवरोध हुन्छ कि भन्ने कुरा राखेका थिए । गृहमन्त्रीले मागेको समय १५ दिन बाँकी रहेकोले अब त्यति दिन पर्खने कि भन्ने कुरा भएको सभापति लामिछानेले बताए । 

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्रीले समाधानको उपाय खोज्न राष्ट्रिय मान्यता प्राप्त दलका नेतासँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन