भदौ ३, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्याउने दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा आज बसेको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले संसद्को अवरोध खुलाउने विषयमा आइतबारको छलफल सकारात्मक भएको बताएका हुन् ।
उनले भने, ‘छलफल सकारात्मक दिशातिर छ, तर आज प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित भएकाले ठोस् निष्कर्षमा पुग्न सकिएन, सोमबारसम्ममा सकारात्मक निष्कर्ष आउँछ भन्ने आशा जागेको छ ।’
उनले सुन तस्करी प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरि निष्कर्षमा पुर्याउने दाबी गरेका छन् ।