१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महिलाले वैदेशिक रोजगार अभिमुखीकरण तालिम शुल्क फिर्ता पाउँछन्, अभिमुखीकरण तालिमको महत्व

४ भाद्र २०८०, सोमबार ०३:२९

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारमा जाने कामदारले अनिवार्य रुपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ । 

- वैदेशिक रोजगारमा जाने सोच बनाएदेखि नै कुन देश जाने हो सोको बारेमा सामान्य जानकारी भए तापनि यस पूर्व प्रस्थान अभिमुखीकरण तालिममा अरू धेरै बिषयमा जानकारी प्राप्त हुन्छ । 

- यो तालिम २ दिन (१४ घण्टा) को हुन्छ ।

- वैदेशिक रोजगार विभागबाट अनुमती प्राप्त संस्थाहरूबाट मात्र अभिमुखीकरण तालिम लिनुपर्दछ ।

अभिमुखीकरण तालिमबाट मुख्यतया निम्न लिखित विषयहरूको जानकारी पाउन सकिन्छ:

क) वैदेशिक रोजगार सम्वन्धी कानून

ख) यात्रा पूर्वका तयारी

ग) यात्राको क्रममा अपनाउने प्रकृया

घ) आचरण, स्वास्थ्य र तनाव व्यवस्थापन

ङ) सूचना प्रविधिको प्रयोग

च) कार्यस्थलमा अपनाउन पर्ने सावधानी र सुरक्षा

छ) स्वास्थ्य र व्यवसायजन्य सुरक्षा

ज) पारिश्रमिकको व्यवस्थापन

झ) सहयोगी निकाय र सहयोग लिने तरिका

ञ) गन्तव्य मुलुकको अवस्था र त्यहाको श्रम कानूनको सामान्य जानकारी

ट) गन्तव्य मुलुकको आधारभूत भाषा/शव्दहरु

महिला कामदारले अभिमुखीकरण तालिम लिँदा तिरेको शुल्क वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सोधभर्ना पाइन्छ ।

यसका लागि तालिम केन्द्रले शुल्क लिएको सक्कल रसिद, तालिम प्रमाणपत्रको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि र पासपोर्टको प्रतिलिपि राखेर सचिवालयमा निवेदन दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन