२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भदौ ८ गते समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

२०८०, ४ भाद्र सोमबार ०७:२७

भदौ ४, काठमाडौँ | समाजवादी मोर्चाले भदौ ८ गतेदेखि सातै सभा गर्ने निर्णय गरेको छ।

आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

उनका अनुसार बैठकले यही भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १३ गते सुदूपश्चिम प्रदेशको धनगढीमा, १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा, २३ गते बागमती प्रदेशको हेटौँडामा तथा २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको छ।

सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने निर्णय भएको उपाध्यक्ष हमालले बताए।

यसैगरी बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु