भदौ ५, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समितिमा ४ जना सदस्य मनोनयन गरेका छन्।
केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई सभापति देउवाले मंगलबार अनुशासन समिति सदस्य पदमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (७) बमोजिम गठित केन्द्रीय अनुशासन समितिको संयोजक आनन्दप्रसाद ढुंगाना रहेका छन् । संयोजक तोकेको एक वर्षपछि समितिमा ४ सदस्य मनोनीत गरिएको हो।