भदौ ५, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानन्यायाधीशमा नियुक्त गरेका विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलबाट प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।
गत साउन १८ गतेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संवैधानिक परिषदको सिफारिसपछि श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको थियो ।