भदौ ६, काठमाडौं | बुधबारको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरुबाट सहमति भएको छ । सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति जुटिसकेको र हस्ताक्षर गर्ने तयारी भइरहेको नेताले जानकारी दिए । उनले भने “आजको बैठक चल्छ । सहमति पत्र एकछिनमा सार्वजनिक हुनेछ,”।