भदौ ६, काठमाडौँ | नापी कार्यालय लाहानका अमिन दिपरञ्जन यादव १० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादवलाई रंगेहात नियन्त्रणमा लिएको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गाधनी प्रमाणपत्र बनाउन यादवले सेवाग्रहीसँग १० हजार घुस मागेका थिए । यादवमाथि थप छानबिन भइरहेको दाहालले जानकारी दिए ।