एमाले र राप्रपाद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार

Posted on: 23 Aug, 2023

भदौ ६, विराटनगर | नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् । बुधबार बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसदहरूले बहिष्कार गरेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इस्राइल मन्सुरीले थापाको पक्षमा मत दिएका थिए । सोही कार्यको विरोधमा एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!