रवि लामिछाने भने: ६० किलो सुनका बिचौलियाको सूचना मसँग पनि छ !

Posted on: 23 Aug, 2023

भदौ ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो बढी सुन प्रकरणका केही बिचौलियाको सूचना आफूसँग पनि रहेको बताएका छन्।

सरकारको बहालवाला महानिर्देशक नै अहिले समातिएका अभियुक्तसँग सम्पर्कमा रहेको लामिछानेले बताएका हुन्।

‘सरकारका एक वहालवाला महानिर्देशकले सुन आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरेका व्यक्तिलाई दिएका छन्,’ 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले भने, ‘ती महानिर्देशकले फोटोसमेत पठाएको जानकारी इमान्दार केही देशभक्त प्रहरीहरूले विश्वास गरेर मलाई दिएका छन्। म तिनलाई सलाम गर्न चाहन्छु। जसले देशलाई माया गरेर यो सूचना दिएका छन्।’

यसमा संलग्न केही विचौलियाहरूको जानकारी आफूलाई पनि थाहा भएको र यसको सूचना सम्बन्धित निकायलाई अवश्य पनि गराउने उनले बताएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!