१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मीनबहादुर गुरुङको बयान– ललितानिवासको जग्गा किनेको हो, सरकारी भन्ने थाहा थिएन

७ भाद्र २०८०, बिहीबार १०:५३

भदौ ७, काठमाडौँ | भाटभटेनी प्रा.लि.का सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि.को नाममा खरिद गरेको बताएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी भएको आफूलाई थाहा नभएको बताएका छन् ।

आफू र आफ्नो परिवारका सदस्यका रुपममा समेत जग्गा खरिद गरेको र कतिपय विभिन्न व्यक्तिलिाई बिक्री गरिसकिएको भन्दै उनले भनेका छन्, ‘म, मेरो परिवारका सदस्यहरु र कम्पनी समेतको स्वामित्वमा करिब २४ रोपनी जग्गा बाँकी छ, खरिद गरेको जग्गाको मूल्य चुक्ता गरेर सरकारलाई नियमानुसार बुझाउनुपर्ने राजश्व बुझाइ मेरो नाममा खरिद गरेर लिएको हुँ ।’


उनले कम्पनीका सञ्चालकहरुमा आफू, श्रीमती सावित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेको बताएका छन् । सुवेदी र ढकाललाई सीआईबीले ललितानिवास जग्गा प्रकरणको मुख्य नाइकेमध्ये मानेको छ । गुरुङलाई पनि सुवेदी र ढकालको निकट व्यक्ति भन्दै सीआईबीले यो प्रकरणका मुख्य व्यक्तिहरुमध्येको भनेको छ ।

‘ललितानिवास क्याम्पभित्रको सरकारी जग्गाहरु हाल साविक भएपश्चात विभिन्न जग्गा धनीहरुसँग हामीले कम्पनीको नाममा समेत खरिद गरेका थियौं’, उनले भनेका छन्, ‘मैले र मेरो परिवारका सदस्यले जग्गा खरिद गर्दा सरकारले जारी गरेको लालपूर्जा हेरेर मालपोत कार्यालय, डिल्लीबजारमा मोठ, श्रेस्ता भिडाएर जग्गाधनीलाई रकम भुक्तानी गरी खरिद गरेका हौं ।’

जग्गा खरिद गर्दा आफूलाई त्यो सरकारी हो भन्ने थाहा नभएको भनेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ललितानिवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई १२ असारमा पक्राउ गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा पनि उनी प्रतिवादी थिए । उनी २०७७ माघमा विशेष अदालतबाट २ करोड रुपैयाँ धरौटीमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन