भदौ १०, काठमाडौँ | "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ | "/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल, भट्टराई र पौडेललाई प्रहरीले, शाहलाई सरकारी वकिलले दिए छुट

१० भाद्र २०८०, आईतवार ०७:५५

भदौ १०, काठमाडौँ | ललितानिवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रतिवादीको सूचीबाट हटाएर मुद्दा दायर गरेको छ ।

नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, शाहलाई प्रतिवादीको सूचीबाट हटाएर मुद्दा चलाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता महेश खत्रीले जानकारी दिए ।


खत्रीले भने, “सुधीरकुमार शाहको कतै पनि हस्ताक्षर भेटिएन, त्यसकारण उहाँलाई मुद्दा चलाउन प्रमाण नपुगेको ठहर गर्दै प्रतिवादीबाट हटाइएको हो ।”

सो प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भने प्रहरीले प्रतिवादी नै नबनाई प्रतिवेदन बुझाएको थियो । उनीहरूसँगै तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई पनि प्रतिवादी बनाइएको छैन ।

“पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराई अनि पूर्वमुख्यसचिव पौडेललाई त प्रहरीले नै प्रतिवादी बनाएको छैन,” खत्रीले भने, “प्रहरीले प्रतिवादी बनाएर हाम्रोबाट हटाइएको नामचाहिँ शाहको मात्र हो ।”

पूर्वनिर्वाचन आयुक्त शाह ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका थिए । उनलाई ६२ दिन हिरासतमा राखेर अनुसन्धान गरी प्रहरीले प्रतिवादी बनाएर सरकारी वकिलमा प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धानका क्रममा उनले मालपोत कार्यालय भक्तपुरको प्रमुख भएको समयमा श्रीमती उर्मिला शाहको नाममा ११ आना दुई पैसा जग्गा लिएको देखिएको थियो । सुधीरपत्नी उर्मिला र गेहनाथ चापागाईंपत्नी भुवनकुमारीका नाममा कित्ता नम्बर–३६ को एक रोपनी दुई पैसा जग्गा संयुक्त रूपमा नै भेटिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सीआईबीले शाहविरुद्ध २९ करोड ३२ लाख रुपैयाँ माग दाबीसहित मुद्दा चलाउन राय दिएको थियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन