२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

प्रधानमन्त्रीले समेत भूकम्प पीडितलाई ढाँटे : सांसद सुनुवार

१७ आश्विन २०७३, सोमबार ०२:३१

असोज १७,ओखलढुंगा । प्रधानमन्त्रीले समेत भूकम्प पीडितलाई ढाँटेको एमाले सांसद यज्ञराज सुनुवारले आरोप लगाउनु भएको छ । एमाले केन्द्रिय सदस्य समेत रहनु भएका सांसद सुनुवारले गृह जिल्ला ओखलढुंगामा भएको वृहत साँस्कृतीक महोत्सवमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । ‘हाम्रो देशमा भुकम्प पीडितका नाममा राजनीती धेर भो,यो राम्रो होईन’ सांसद सुनुवारले भन्नुभयो‘प्रधानमन्त्रीले नै पीडित जनतालाई ढाँट्छन् अरुले के बाचा पुरा गर्न सक्नु ? तर पनि हामीले गरेका बाचा पुरा गरिरहेका छाँै ।’ पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि ४५ दिन भित्र हेलीकप्टर मार्फत घरघरमा अनुदान रकम पु¥याउने भनेसँग आशावादि भएका जनता अहिले चार दिन सम्म लगाएर सदरमुकाम धाउन बाध्य भएको भन्दै दुःख व्यत्तः गर्नुभयो । 


सांसद सुनुवारले एमाले नेतृत्वको सरकारहुँदा भूकम्प पीडितलाई एक मुष्ट २ लाख अनुदान दिनुपर्छ भनेर आन्दोलन गर्ने कांग्रेस अहिले मौन बसेको भन्दै आपत्ती जनाउनुभयो । आफुले पटक पटक सदनमा समेत यस विषयमा आवाज उठाएको भन्दै भूकम्प पीडितका पीडामा आफु संवेशिल रहेको दावी गर्नुभयो । सुरुमा भूकम्प अति प्रभावित जिल्लामा ओखलढुंगालाई पार्नदेखि नै पीडितका हितमा धेरै काम गर्न सफल भएको उहाँको भनाई छ । तर जिल्लामा भूकम्प प्रभावितका लाग आएका कार्यक्रमहरु सञ्चालनमा एकरुपता आउन नसकेकोमा भने चिन्ता व्यक्त गर्नुभयो । सांसद सुनुवार अहिले जिल्लाका भूकम्प प्रभावित क्षेत्रको निरीक्षणमा हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण