२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्को महिनादेखि फेसबुकले बन्द गर्दैछ मेसेन्जर लाइट

२०८०, ११ भाद्र सोमबार ०९:३५

एजेन्सी | मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ ।

समाचार अनुसार गुगल प्ले स्टोरबाट यसअघि नै हटाइएको यो एप एन्ड्रोइड डिभाइसमा आगामी महिनादेखि बन्द हुनेछ । अर्थात् जो प्रयोगकर्ताको स्मार्टफोनमा यसअघि नै मेसेन्जर लाइट एप डाउनलोड भैसकेको छ उनीहरुका लागि समेत सेप्टेम्बर १८ देखि एन्ड्रोइडले सपोर्ट बन्द गर्नेछ भने सेप्टेम्बर २८ देखि मेसेज आदानप्रदान नै रोक्नेछ ।

फेसबुकले सन् २०१६ मा मेसेन्जर लाइट एप ल्याएको थियो । यो एप प्रयोगकर्तामाझ निकै लोकप्रिय पनि थियो । डिभाइसको स्टोरेज कम ओगट्ने तथा डाटा खपत पनि कम गर्ने यो एप आइओएसमा भने सन् २०२० मै बन्द गरिएको थियो ।

मेसेन्जर लाइटलाई विश्वभरका ७६करोड मानिसले डाउनलोड गरेका थिए । यसका सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा थिए भने दोश्रोमा ब्राजिल र तेश्रोमा इण्डोनेसिया थियो ।

मेटाले मेसेन्जर लाइटमा विभिन्न खालका परिवर्तन गरेको छ । आगामी सेप्टेम्बर २८ देखि यो मेसेन्जर एपले एसएमएस सपोर्ट नगर्ने बताइएको छ । अर्थात् सेप्टेम्बर २८ देखि मेसेन्जर लाइटबाट मेसेज पठाउन तथा प्राप्त गर्न सकिनेछैन ।

फेसबुक मेसेन्जरको मूल संस्करणमा यो वर्षको अन्त्य सम्ममा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर सहित सुरक्षा तथा गोपनियता फिचर थप गर्ने योजना बनाएको मेटाले लाइट भर्सनलाई बन्द गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु