१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेकपा अदालतले होइन, प्रचण्डले फुटाएका हुन् : ओली

११ भाद्र २०८०, सोमबार ११:५५

भदौ ११, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल प्रचण्डले गराएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरुसँगको कार्यक्रममा उनले अदालतले नेकपा विभाजन गरिदयो भन्ने गलत भाष्य बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए ।

अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीले त्यही नाममा पहिले नै दर्ता गरिसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको तर आफूले अनेक कोशिस गर्दा पनि प्रचण्ड तयार नभएका कारण पार्टी विभाजन भएको ओलीको भनाइ छ ।

‘अदालतले फुटाएको होइन, प्रचण्डले फुटाएको हो । अदालतले त यो नाम मिलेन, बदर गरियो । अर्को नाममा दर्ता गर भनेको थियो । अर्को नाम लिएर भोलिप्लट दर्ता गर्न जाँदा हुन्थ्यो’, कार्यक्रममा सम्बोधन गर्ने क्रममा ओलीले भने, ‘नाम मात्रैको कुरा थियो । तर त्यही निहुँ पारेर, अदालतले फुटायो भन्ने हल्ला फिजाएर कम्युनिस्ट पार्टीलाई टुक्र्याउन र यसबाट भाग्न खोजेका थिए । भागे ।’

त्यसपछि प्रचण्डले माओवादी फुटाएर लगेको र माधव नेपालले पटकपटक फुटाउन खोज्दा निर्वाचन आयोग, सभामुखको संयुक्त साँटगाँठबाट एमालेलाई पुनः विभाजन गरेको बताए ।

अध्यादेश जारी गर्ने हुँदैन भनेर असंवैधानिक क्रियाकलाप भनेर अदालतमा पुगेर मुद्दा फिर्ता ल्याउनेहरू २० प्रतिशतमा फुटाउने भनेर लागे ।

ओलीले निर्वाचन आयोगले पनि पार्टी फुटाउनका लागि कोशिस गरेको र माधव नेपाललाई मद्दत गरेको उनको आरोप छ ।

‘निर्वाचन आयोग र अग्नि सापकोटाले माधव नेपाललाई पार्टी फुटाउन मद्दत गरे’, उनले भने, ‘निर्वाचन आयोगलाई कसैले तलसम्म देशभरि कता जान्छौं भनेर लाइन लगाउ भनेको थिएन । आफैं जान्थे । तर निर्वाचन आयोगले ठाउँठाउँमा मान्छेलाई लाइन लगाएर पार्टी तलैसम्म फुटाउने षड्यन्त्रमा निर्वाचन आयोग पनि लाग्यो ।’

एमालेलाई कमजोर पारेर सिध्याउने उद्देश्यका साथ नेकपा विभाजन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन