असोज १७ पर्वत ।  गुट परिर्वतन गरे मन्त्री बन्ने सोचमा रहेका क्षेत्र नं १ पर्वतका सांसद अर्जुनप्रसाद जोशी यतिबेला पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट बनेका छन् ।
    माओवादीको सरकारमा  जोशी पनि मन्त्री बन्ने खबर आएको थियो । शुरुमा मन्त्रीको ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७ पर्वत ।  गुट परिर्वतन गरे मन्त्री बन्ने सोचमा रहेका क्षेत्र नं १ पर्वतका सांसद अर्जुनप्रसाद जोशी यतिबेला पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट बनेका छन् ।
    माओवादीको सरकारमा  जोशी पनि मन्त्री बन्ने खबर आएको थियो । शुरुमा मन्त्रीको ला"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कांग्रेसबाट आठ राज्यमन्त्री थपिदै ,मन्त्री बन्न नपाएपछि जोशी देउवासँग रुष्ट

२०७३, १७ आश्विन सोमबार ०५:२८

असोज १७ पर्वत ।  गुट परिर्वतन गरे मन्त्री बन्ने सोचमा रहेका क्षेत्र नं १ पर्वतका सांसद अर्जुनप्रसाद जोशी यतिबेला पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट बनेका छन् ।
    माओवादीको सरकारमा  जोशी पनि मन्त्री बन्ने खबर आएको थियो । शुरुमा मन्त्रीको लागि चार्चा बटुलेका साँसद एकाएक पासा पल्टिएपछि मन्त्री बन्न सकेनन्  त्यसको रिस उनमा छदै थियो त्यसमा पनि देउवाले एकाएक राज्यमन्त्रीको लागि प्रस्ताब राखेपछि उनी रिसले चुर भएको स्रोतको दाबी छ । मन्त्रीको सूचीमा नपरेपछि  असन्तुष्ट उनीसँगै अन्य सांसदहरुले सभापतिको राज्यमन्त्री प्रस्ताव अस्वीकार गरेको स्रोतको दाबी छ ।
     मन्त्री नपाएपछि उनीसँगै चन्द्र भण्डारी, पद्मनारायण चौधरी, फरमुल्ला मन्सुर, भरतबहादुर साहसहितका नेता देउवासँग असन्तुष्ट छन् भने बलहादुर केसी, आनन्द ढुंगाना,         रामकृष्ण यादवसहित नेता पौडेलसँग रुष्ट छन् ।
    महाधिवेशनको क्रममा कोइराला पक्षबाट देउवा पक्षमा समाहित भएका जोशी मन्त्री बन्नकै लागि गुट परिर्वतन गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।             महाधिबेशनका क्रममा गुट         परिर्वतन गरी देउवा पक्षमा पुगेका जोशीसँग जिल्लाका उनका समर्थकले स्पष्टिकर मागेका       थिए । उनले गुटको अन्त्य गर्नको लागि गुट परिर्वतन गरेको बताएका थिए माओवादीमा शुसिल         कोइरालको निधनपछि थप गुटको शिकार भैरहेको छ ।
    यसैविच नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व  सरकारमा पार्टीका तर्फबाट आठ राज्यमन्त्री छिट्टै पठाउने गृहकार्य थालेको छ ।
    दाहाल नेतृत्व सरकार गठन भएको दुई महिनापछि प्रमुख सत्ता साझेदार कांग्रेसले दसैंअघि नै आठ नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो । यससँगै दाहाल नेतृत्व सरकार ३९ सदस्यीय बन्नेछ। यसअघि दाहाल नेतृत्वको गठबन्धन सरकारमा माओवादीबाट चार        राज्यमन्त्रीसहित १३, कांग्रेसबाट १५, राप्रपा २ र नेकपा संयुक्तबाट एक जना मन्त्री छन्। साना दलबाट मन्त्री थपिन अझै बाँकी छ।
    सभापति शेरबहादुर देउवा र उनी निकट नेता एकरदुई दिनभित्रै आठ नेतालाई सरकारमा सहभागी गराउने तयारीमा छन्। उपप्रधान तथा गृह मन्त्रालयसहित १५ मन्त्रालय पाएको कांग्रेसबाट पार्टीका गुट सन्तुलन मिलाएर नाम पठाइने देउवा निकटस्रोत बताउँछ।
    सभापति देउवा आफूनिकट पाँच, रामचन्द्र पौडेल पक्षका दुई र कृष्णप्रसाद सिटौला समूहका एक नेतालाई राज्यमन्त्री बनाउने तयारीमा छन् । नेता पौडेलले भने आठमा चार आफ्नो पक्षका हुनुपर्ने दाबी गर्दै आएका छन्।
    ’पहिले पनि १३ मा पाँच मन्त्रालय हामीले मागेका हौं,’ पौडेलनिकट एक नेताले भने, ’हामीलाई झुक्याउने काम भयो ।     राज्यमन्त्रीसहित राजनीतिक नियुक्तिमा सम्मानजनक सहभागिता चाहिन्छ ।  सभापति देउवा पक्षबाट अब्दुल रज्जाक, सुवर्ण ज्वारचन, दिलिप गच्छदार, आङ्टावा शेर्पा, दीर्घराज भाट राज्यमन्त्रीसहित    सरकारमा सहभागी हुने छन् । त्यस्तै, ध्रुर्व वाग्ले, वीरबहादुर बलायर, सुरेन्द्र यादव, सीताराम मेहतासहितका नेताको नामपनि चर्चामा छ।                 यसअघि सभापति देउवाले      भीष्मराज आङ्दम्बे, मीन विक, अम्बिका बस्नेतसहित नेतालाई   राज्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।
    त्यस्तै, पौडेल पक्षबाट सुरेन्द्र आचार्य, जीवन परियार र सरिता प्रसाईंमध्येबाट राज्यमन्त्री बन्नेछन् ।  दीपक कुइँकेल,           राजेन्द्रकुमार केसी, दीपक खड्का, अम्बरसिंह पुन, सञ्जयकुमार गौतमलगायत नेता पनि             राज्यमन्त्रीका आकांक्षी छन् ।त्यस्तै, सिटौला समूहबाट पनि राज्य मन्त्री सहभागि गराइइ तारामान गुरुङ सहभागि हुनेछन्।
    प्रधानमन्त्री पुष्पकमल दाहालसँगसँगै पार्टीका दुई नेतालाई सरकारमा पठाएको कांग्रेसले भदौ १० गते १३ नेतालाई सरकारमा पठाएको थियो तर सरकार नेतृत्व गरेको माओवादीले साउन ३० गते नै श्रीप्रसाद जवेगू, धनमाया विक, राधिका तामाङ र सत्यनारायण भगतलाई राज्यमन्त्रीमा सहभागी गराइसकेको छ ।  दाहाल नेतृत्व सरकार हाल ३१ सदस्यीय छ।
    साउन २० गते प्रधानमन्त्री शपथसँगै दुई उपप्रधानमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका दाहालले साउन २२ गते र साउन ३० गते दुईपटक मन्त्रिपरिषद् विस्तार गर्दै १८ सदस्यीय बनाएका थिए ।
    त्यस्तै, कांग्रेसका तर्फबाट १३ जनालाई सरकारमा सहभागी गराएपछि दाहाल नेतृत्व सरकार ३१ सदस्यीय पुगेको थियो। संविधान कार्यान्वयनलाई प्रमुख एजेन्डा बनाउँदै सरकारको नेतृत्व सम्हालेका दाहालले संवैधानिक व्यवस्थाविपरीत मन्त्रिपरिषद् आकार बढाउँदै लगेका छन् ।
    संविधानको नयाँ व्यवस्थाअनुसार २५ जनासम्मको मन्त्रिपरिषद् बनाउने व्यवस्था रहे पनि दलहरूलाई संक्रमणकालीन व्यवस्था भन्दै पार्टी्भित्रको विवाद मिलाउन सरकारको आकार बढाउँदै लगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु