१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इटहरीकी यसोदाको धरानमा हत्या

१४ भाद्र २०८०, बिहीबार ११:०९

भदौ १४, काठमाडौँ | सुनसरीको इटहरी उपमहानगरपालिका-२, वसन्त टोलकी ४४ वर्षिय यसोदा श्रेष्ठको धरानमा हत्या गरिएको छ। बुधबार बेलुका क्वाटी खान माइत जान्छु भनेर घरबाट हिँडेकी उनको हिजो राति हत्या गरिएको अवस्थामा शव भेटिएको छ। रामेछाप घर भई धरान-१७ ससुरालीमा बस्ने टेकबहादुर दर्जीले यसोदाको हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले बताए। 

उनले यसोदाको हत्यामा सम्लग्न दर्जीलाइ पक्राउ गरी घटनाको अनुसन्धान थालिएको बताए। यसोदा र दर्जीबीच लेनदेनको कारोबार रहेको र त्यसैमा विवाद हुँदा हत्या गरिएको बुझिएको छ। यसोदाको हत्यापश्चात् शव जंगलमा फाल्न लैजादै गर्दा स्थानीयले प्रहरीलाइ खबर गरी जानकारी दिएका कारण दर्जी पक्राउ परेका थिए। 

यसोदाको हत्यापश्चात उनले लगाएका सुनका गहना लुटिएको परिवारका सदस्यले बताएका छन्। यसोदाको शव पोस्ट्मार्टमका लागि बिपी कोइराला स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा लगिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन