२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जी २० मा चिनियाँ राष्ट्रपति सी नआउने

२०८०, १४ भाद्र बिहीबार ११:२५

भदौ १४, काठमाडौँ | आगामी सेप्टेम्बर ९ र १० मा भारतमा हुने ‘जी २०’ राष्ट्रहरुको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङपिङ नआउने भएका छन्।

यसअघि दुई दिनपहिले मात्र रुसी राष्ट्रपति भ्यालिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी जी २० सम्मेलनमा आफू आउन नपाउने बताइसकेका छन्। राष्ट्रपति पुटिनका सट्टा रुसी विदेशमन्त्री सर्गेई ल्याब्रोभले जी २० सम्मेलनमा रुसको प्रतिनिधित्व गर्नेछन्।

उता चिनियाँ राष्ट्रपति सी पनि जी २० को सम्मेलनमा सहभागी हुन अनिच्छुक देखिएका छन्। नयाँ दिल्लीमा हुने जी २० शिखर सम्मेलनमा राष्ट्रपति सीको सट्टा चिनियाँ प्रधानमन्त्री ली क्वाङ सहभागी हुनसक्ने चिनियाँ विदेशमन्त्रालयका विश्वस्त स्रोतहरुले न्यूज एजेन्सीहरुलाई बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन भने जी २० शिखर सम्मेलनका लागि नयाँ दिल्ली आउँदै छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु