१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चीनले जारी गरेको नक्साबारे प्रचण्डको चीन भ्रमणका बेला कुरा उठाउनुहुन्छ–नेता सापकोटा

१५ भाद्र २०८०, शुक्रबार ०८:५६

भदौ १५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले नक्सा विवादबारे प्रधानमन्त्रीले कुटनैतिक तवरबाट कुरा राख्ने जानकारी दिएका हुन् । 

चीनले किन यस्तो गर्यो भन्ने सम्बन्धमा पार्टी र सरकारले पनि चासो दिएको भन्दै उनले कुटनैतिक तबरबाट हल गर्ने स्पष्ट पारे । 

‘चीनले किन यसो गरेको यसबारे कुटनैतिक तवरबाट हल खोजिनुपर्छ । हाम्रा प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । यस विषयमा कुरा राख्नुहुन्छ’, उनले भने, ‘चुच्चे नक्सा सम्बन्धमा अघिल्ला सरकारले पनि चीनलाई जारी गराइसको जानकारी दिएका छन् । 

प्रधानमन्त्री प्रचण्डले असोज ४ गतेदेखि चीनको भ्रमण गर्दैछन् । नयाँ नक्सा जारी गर्दा चीनले नेपाली भूमिलाई भारतमा पारेको भन्दै काठमाडौंका मेयर बालेन साहले चीन भ्रमण रद्द गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन