१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

युक्रेनले निर्माण गर्‍यो ७०० किलोमिटर टाढासम्म पुगेर मार हान्न सक्ने हतियार

१५ भाद्र २०८०, शुक्रबार ११:३२

भदौ १५, काठमाडौं | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले लामो दूरीमा मार हान्न सक्ने हतियार निर्माण गरेको बताएका छन् । बिहीबार राति जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले नयाँ हतियारले ७०० किलोमिटर टाढासम्म पुगेर आक्रमण गर्न सक्ने उल्लेख गरे ।

हालैमात्र रुसको पेस्कोभ शहरको एक विमानस्थलमा आक्रमण हुँदा चारवटा रुसी सैन्य कार्गो विमान नष्ट भएका थिए । रुसले त्यसबेला युक्रेनले विमानस्थलमा ड्रोन आक्रमण गरेको आरोप लगाएको थियो । पेस्कोभ शहर युक्रेनको सीमा क्षेत्रबाट ७०० किलोमिटर टाढा नै पर्छ । यतिबेला जेलेनस्कीले आफ्नो नयाँ हतियारले ७०० किलोमिटर टाढासम्म पुगेर आक्रमण गर्ने बताएपछि युक्रेनले नै त्यहाँ आक्रमण गरेको आशंका गरिएको छ ।

जेलेन्स्कीले बिहीबार राति युक्रेनले कस्तो नयाँ हतियार भनेर खुलाएको छैनन् । उनी भन्छन्, ‘हाम्रो नयाँ युक्रेनी हतियारको दायरा ७०० किलोमिटरसम्मको छ । अबको हाम्रो काम अझ परसम्म पुगेर आक्रमण गर्ने हतियार बनाउनु हो ।’

युक्रेनले पश्चिमा राष्ट्रहरूबाट हतियार पाएता पनि लामो दूरीमा आक्रमण गर्न सक्ने हतियार पाएको छैन । युक्रेन आफैँले टाढासम्म पुगेर आक्रमण गर्न सक्ने हतियार बनाएको दाबी गरेपछि यसले पक्कै पनि रुसविरुद्धको युद्धमा युक्रेनलाई फाइदा पुग्नेछ ।

त्यसो त अमेरिका डेनमार्क र नेदरल्यान्ड्सले युक्रेनलाई एफ-१६ लडाकु विमान दिने घोषणा गरिसकेको छ । यतिबेला युक्रेनी सेनाले एफ-१६ विमान उडाउन प्रशिक्षण लिइरहेका छन् । यो विमान सन् २०२४ को सुरुवातसँगै युद्धमा प्रयोग हुनेछन् ।

शक्तिशाली हतियारहरूले रुसलाई पाठ सिकाउन आफूहरू सफल हुने जेलेन्स्कीको दृढ विश्वास छ । यसअघि जेलेन्स्कीले रुसविरुद्ध निर्णायक जवाफी कारबाही थालेको पनि बताएको थियो । पश्चिमा राष्ट्रको हतियारले चाँडै नै रुसी सेनालाई युक्रेनबाट हटाउने उनको विश्वास थियो ।

तर, रुसी सेनाले कडा प्रतिकार गरेपछि युक्रेनी सेनाको जवाफी कारवाही कमजोर सावित भइसकेको छ । -अल जजिराको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन