१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समाजवादको भविष्य उज्वल छ, हाम्रो जीत सुनिश्चित छ : अध्यक्ष प्रचण्ड

१६ भाद्र २०८०, शनिबार ०५:१३

भदौ १६, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको भविष्य उज्वल बताएका छन्। पार्टी मुख्यालय पेरिसडाँडामा ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको आज बिहान उद्घाटन गर्दै प्रचण्डले इतिहासबाट पाठ सिक्दै क्रान्तिकारी र भरोसा योग्य पार्टी बनाउने बताएका हुन्।

उनले भने, ‘सुनौलो भविष्य निर्माणमा केन्द्रित हौं, समाजवादको भविश्य उज्वल छ र हाम्रो जीत सुनिश्चित छ।’

हिजो विद्रोह (क्रान्ति) गरेको क्षण स्मरण गर्दै प्रचण्डले अहिले शान्तिको नेतृत्व पनि आफूले गर्ने दाबी गरे। उनले भने, ‘मेरो जीवन संघर्ष र आन्दोलनभन्दा पर छैन। देश र जनताप्रति समर्पित हुँदै अगाडि बढ्छु। मेरो बाँकी जीवन नेपाली चरित्रअनुरुप देश र जनताको पक्षमा समर्पित गर्नेछु। समाजवादी आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नेछु।’ 

कतिपय गल्ती भए आत्मालोचना गर्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले जनताले देखेका सपना पूरा गर्न राजनीति र संगठनसँगै रहेको अठोट व्यक्त गरे। 

उनले सरकारले चालेको सुशासनको अभियानको सबैतिर प्रशंसा भइरहेको दाबी गरे ।

सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत् भएका अपराधकर्मको पर्दाफास गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन