२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अर्थतन्त्रलाई लयमा ल्याउन कोसिस भईरहेको छ : अर्थमन्त्री महत

२०८०, १६ भाद्र शनिबार ०७:५९

भदौ १६, काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउन आफुले प्रयास गरिरहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजको २५औँ वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र लिएर निराश हुनुपर्ने अवस्था नरहेको भन्दै यसलाई लयमा फर्काउन आफूले प्रयास गरिरहेको बताएका हुन् । 

पर्यटन क्षेत्रमा सुधार भइरहेको र विदेशी मुद्राको सञ्चित पर्याप्त रहेकाले आर्थिक गतिविधि अगाडि बढाउन देखिएका समस्या समाधान गर्न सरकार लागिरहेको उनले बताए । अर्थमन्त्री महतले आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने भएकाले कुनै दुबिधा नराख्न आग्रह गरे ।

उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको साथ आवश्यक परेको भन्दै निजी क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रलाई दिएको सुझाव कार्यान्वयन गर्न नखोज्दा अहिलेको अवस्था आएको हुनसक्ने बताए । मुलुक श्रीलंका जस्तो हुने भन्दै अर्थतन्त्रका नीतिलाई कसिलो पार्न खोज्ला पनि केही समस्या देखिएको उनको भनाइ छ ।

ढकालले सरकारले निजी क्षेत्रलाई सरकारले हेर्ने हेर्ने नजर फरक हुँदा समस्या देखिएकाले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि सरकारले निजीक्षेत्रसँग सहज ढंगले समन्वय गर्नुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु