१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन भएको हो : सञ्चार मन्त्री शर्मा

१६ भाद्र २०८०, शनिबार ०९:१३

भदौ १६, देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन् । 

दाङको घोराही उपमहानगरपालिका–१७ वर्गदीस्थित शहीदस्मृति पार्कमा नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको तीन महिने विशेष रूपान्तरण अभियान उद्घाटनका अवसरमा उनले अब शहीदका सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताइन् । 

उनले शहीदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै अब शहीदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्नेमा जोड दिइन् । वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकतामा राखिएको मन्त्री शर्माले बताइन् । इतिहासमा पहिलो पटक सरकार जनतासित जोडिएको उल्लेख गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको बताइन् । 

शान्ति प्रक्रियापछि पार्टी पटक-पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उनले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बिचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्‍याउन यो अभियान सुरु गरिएको बताइन् ।

सबै नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आग्रह गर्दै उनले राजनीतिलाई सेवाका रुपमा लिनुपर्ने बताइन् । सो ठाउँमा २०५८ मङ्सिर १३ गते धान दाइरहेका किसानमाथि तत्कालीन सेनाले गोली चलाउँदा ११ जनाको ज्यान गएको थियो । मन्त्री शर्माले शहीदको शालिकमा माल्यार्पण गरी अभियानको उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन