१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले महासचिव पोखरेलसहित २२ सदस्यीय टोली चीन प्रस्थान

१७ भाद्र २०८०, आईतवार ०३:३२

भदौ १७, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलसहित २२ सदस्यीय टोली चीन प्रस्थान गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली शनिबार बेलुका चीन प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा महासचिव पोखरेलसहित  स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, केन्द्रीय सदस्यहरु  राम राना, टुकाभद्र हमाल, सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरूङ, अजयकुमार गुप्ता छन्।

त्यस्तै केन्द्रीय सदस्यहरू रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई, कपिलदेव पोखरेल, जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची अध्यक्ष पिताम्बर भूसाल, युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिक बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, लुम्बिनी प्रदेश किमिटी सदस्य हुमाकुमारी डिसी र सचिवालयबाट राजेश राई र सरोजकुमार रेग्मी भ्रमण टोलीमा छन्।

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिए ।

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन