२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ज्ञानेन्द्र शाहीको आक्रोश- प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई शुभकामना लेख्दा डर लाग्छ कि लाग्दैन ?

२०८०, १८ भाद्र सोमबार ०८:१४

भदौ १८, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले क्रिकेट खेलाडीलाई दिने भनेर घोषणा गरेको पैसा तत्काल दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार भएको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले बाचा गरे पनि अहिलेसम्म पैसा नदिएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई नेपालले विभिन्न खेल खेलेपछि अहिलेसम्म १७ लाख दिने भनेर बाचा गर्नुभयो । तर, अहिलेसम्म खेलाडीको खातामा एक रुपैयाँ पनि आएको छैन । भोकभोकै खेलिरहेका छन् । आज भारतसँग नेपालले खेल्दै गर्दा हामी बधाई दिइरहेका छौं । तर, प्रधानमन्त्रीलाई सभामुखमार्फत् भन्न चाहन्छु, प्रधानमन्त्रीले शुभकामना लेख्दै गर्दा ती हातहरुमा कहिलेकाहीं डर लाग्छ कि लाग्दैन ? १७ लाख बाचा गरेको नदिने ? भारतका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आन्दानी गर्दा नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन । तर पनि क्रिकेट खेलिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु