२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

६१ किलो सुन तस्करी: दावासँग कनेक्सन देखिएपछि पूर्वउपपराष्ट्रपतिको छोरामाथि सीआईबीले गर्‍यो सोधपुछ

२०८०, १९ भाद्र मंगलवार ०८:५०

भदौ १९, काठमाडौँ | सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ ।

सीआईबीले दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको हो । सुन तस्करीमा जोडिएको चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति परिवारको सम्पर्क सम्बन्ध सार्वजनिक रुपमा नै देखिएको छ । त्यसैले यो तस्करी प्रकरणमा दिपेश पनि प्रहरी अनुसन्धानको दायरामा आएका हुन् ।

दावा छिरिङसँग दिपेशको व्यापारिक साझेदारी नै रहेको कतिपय रिपोर्टहरु आइरहेका छन् । छिरिङले रोल्पाकी अमला रोकामगरसँग विवाह गरेका छन् । त्यही सम्बन्धको आधारमा पुनको परिवार र छिरिङबीच उठबस छ । छिरिङसहित चिनियाँ टोलिलाई लिएर दिपेश गोसाइँकुण्डसम्मको हवाईयात्रामा गएको पनि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु